नेभिगेशन
विश्व

भारत र पाकिस्तानले भने- यद्धविराम भयो

काठमाडौं - भारत र पाकिस्तानले युद्धविराममा सहमति भएको बताएका छन्। 

भारत विदेश सचिव विक्रम मिश्रीले दिल्लीमा आयोजित पत्रकार सम्नेलनमा भने, "पाकिस्तानका सैन्य अपरेशन महानिर्देशक आज  दिउँसो १५:३५ बजे भारतीय समकक्षीलाई फोन गरे। त्यसक्रममा बीच सहमति भएको छ कि दुवै पक्षले भारतीय समय अनुसार साॅझ ५ बजेदेखि जमिन, हावा र समुद्रमा सबै गोलीबारी र सैन्य कारबाही बन्द गर्नेछन्।,

यो समझदारीलाई प्रभावकारी बनाउन दुवै पक्षलाई निर्देशन दिइएको छ। सैन्य अपरेशन महानिर्देशकहरूले मे १२ (आइतवार) मा १२ बजे फेरि वार्ता गर्नेछन्।’पाकिस्तानी विदेशमन्त्री इशाक डरले पनि युद्धविराम भएको पुष्टि गरेका छन्।

केहीबेरअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समाजिक सञ्जाल एक्समा लेख्दै भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएको दाबी गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप विश्व