नेभिगेशन
विश्व

युद्धविरामका लागि भारत र पाकिस्तान सहमत भए : डोनाल्ड ट्रम्प

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच युद्धविराम भएको घोषणा गरेका छन् । ट्रम्को दाबी अनुसार, अमेरिकाको मध्यस्थतामा भएको लामो वार्तापछि युद्धविरामका लागि दुवै देश सहमत भएका हुन् ।

ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूले युद्धविराम घोषणा गर्न पाउँदा खुसी भएको बताएका छन् ।

‘सामान्य ज्ञान र महान वुद्धिमता प्रयोग गरेकोमा दुवै देशलाई बधाइ छ,’ ट्रम्पले भनेका छन् ।

उनले भनेका छन्- 'संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा रातभरको लामो वार्ता पछि, म यो घोषणा गर्न पाउँदा खुसी छु कि भारत र पाकिस्तान पूर्ण र तत्काल युद्धविराममा सहमत भएका छन् । सामान्य ज्ञान र महान बुद्धिमत्ता प्रयोग गरेकोमा दुवै देशलाई बधाई छ । यस विषयमा ध्यान दिनुभएकोमा धन्यवाद !'

यस बारेमा भारत र पाकिस्तानले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप विश्व