नेभिगेशन
विश्व

जम्मूको आवासीय क्षेत्रमा आक्रमण, स्थानीय के भन्छन् ?

काठमाडौं- पाकिस्तानले शुक्रबार राति भारतको जम्मू सहरको रेहारी कोलोनीमा आक्रमण गरेको स्थानीयले बताएका छन् ।

स्थानीयहरूले बीबीसीलाई बताएअनुसार आक्रमणबाट धेरै घरहरूमा क्षति पुगेको छ । सवारी साधनमा क्षति पुगेको छ ।

स्थानीयले पहिलो पटक सहरको केन्द्रमा रहेको आवासीय क्षेत्रलाई लक्षित गरेर आक्रमण भएको छ ।

स्थानीय राकेश गुप्ताले भने, “ठूलो विस्फोट भयो र सम्पूर्ण क्षेत्र धुवाँले भरिएको थियो । जताततै डर र त्रासको वातावरण थियो । पाकिस्तानले किन सर्वसाधारणमाथि आक्रमण गरिरहेको छ ?”

केही मानिसहरू घाइते भएको र नजिकैको अस्पतालमा भर्ना गरिएको बताइएको छ ।

बीबीसी टोली त्यहाँ हुँदा जम्मू कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाह पनि घटनास्थलमा पुगे । तर, लडाकु विमानहरूमाथि उड्न थालेपछि तुरुन्तै त्यहाँबाट फर्किएका थिए ।

हवाई आक्रमणको साइरन बजाइयो र मानिसलाई उक्त क्षेत्र खाली गर्न भनियो । बीबीसी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप विश्व