नेभिगेशन
अर्थ विविध

भारतसँगको तानवका बीच आईएमएफद्वारा पाकिस्तानलाई एक अर्ब डलरको नयाँ ऋण स्वीकृत

काठमाडौँ -अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले बाट पाकिस्तानलाई एक अर्ब डलरको नयाँ ऋण स्वीकृत गरेको छ ।


पाकिस्तानको प्रधानमन्त्री कार्यालय (पीएमओ) ले भारतको विरोधको बाबजुद पनि आईएमएफले १ अर्ब डलरको विस्तारित ऋण स्वीकृत गरेको जानकरी दिएको हो । साथै भारतले एकतर्फी आक्रमण गरेर हाम्रो देशको विकासबाट ध्यान मोड्न षड्यन्त्र गरिरहेको पाकिस्तानको प्रधानमन्त्री कार्यालयले आरोप लगाएको छ ।


शुक्रबार बसेको आईएमएफको बैठकमा भारतले भने यो ऋण स्वीकृत गर्ने प्रस्तावको विरोध गरेको थियो । भारतले अहिले भारत र पाकिस्तानबीच युद्धको अवस्था रहेको र सो रकम पाकिस्तानले युद्धमा प्रयोग गर्न सक्ने भन्दै विरोध गरेको मिडिया रिपोर्टमा उल्लेख छ । बोर्ड बैठकमा भारतले पाकिस्तानले निरन्तर सीमापार आतंकवादलाई बढावा दिइरहेको बताएको थियो । 


पाकिस्तानले १९८९ देखि निरन्तर आईएमएफबाट रकम प्राप्त गर्दै आएको छ ।  आइएमएफको कार्यकारी बोर्डमा कुल २५ निर्देशकहरू हुन्छन्, जसले सदस्य देशहरू वा सदस्य देशहरूको समूहको प्रतिनिधित्व गर्छन् । संयुक्त राष्ट्र संघको विपरीत, प्रत्येक सदस्य देशको एउटा मत हुँदैन, तर आइएमएफको मतदान शक्तिले सदस्य देशको आर्थिक आकारलाई प्रतिबिम्बित गर्दछ । सामान्यतया निर्णय सर्वसम्मतिबाट लिइन्छ । तर जहाँ मतदान आवश्यक छ, त्यहाँ त्यसको विपक्षमा मतदान गर्ने कुनै प्रावधान हुदैन । सञ्चालकहरूले पक्षमा मतदान गर्न सक्छन् वा अनुपस्थित रहन सक्छन् । त्यसैले भारतले पनि मतदानमा अनुपस्थित रहेर विरोध जनाएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप अर्थ विविध

तोलामा एक हजार चार सयले घट्यो सुन