नेभिगेशन
सुरक्षा–अपराध

मानव सेवामा आश्रममा आईजी दम्पत्तीः यसो भन्छन् प्रहरीका कमान्डर

काठमाडौं– नेपाल प्रहरीका महानिरिक्षक (आईजी) दीपक थापा र उनकी पत्नी तथा प्रहरी श्रीमती संघकी अध्यक्ष रुपा थापाले मानव सेवा आश्रममा आश्रितलाई खाना खुवाएका छन्। 

496254233_2862510213954654_3318246446832837158_n-1746857793.jpg
सो क्रममा आईजी थापाले मानवसेवा आश्रमले सञ्चालन गरिरहेको मिसन २०८२ अन्तर्गत नेपाललाई सडक आश्रित मानव मुक्त बनाउने अभियानलाई नेपाल प्रहरीको सदैव साथ रहेको र आगामी दिनमा पनि पूर्ण साथ रहने प्रतिबद्धता व्यक्त गरे।

मानवसेवा आश्रम रानीवन सेवा केन्द्रको अवलोकनका साथै आश्रममा आश्रित सहयोगापेक्षी सडक आश्रित मानवहरूका लागि भोजन सेवा कार्यक्रमलाई सम्बोधन गर्दै आईजी थापाले प्रतिबद्धता व्यक्त गरेका थिए।

थापाले मानवसेवा आश्रम मानवीय सेवा गर्ने मुलुककै नमुना आश्रम भएको बताए।

विगतमा प्रहरी प्रधान कार्यालयबाट आश्रमको सेवा सहजीकरणको लागि भएका निर्देशनहरूलाई चुस्त रूपमा पालना र कार्यान्वयन  गर्ने र गराउने आईजी थापाले बताए। 

495339911_2862510377287971_4303069673153194026_n-1746857817.jpg
आश्रमको अवलोकन तथा भोजनसेवा कार्यक्रममा प्रहरी श्रीमती संघकी अध्यक्ष रुपा थापाले नेपालमा ड्रक्स एडिक्सनमा फसेका युवायुवती तथा बालबालिकाहरूको अवस्था र सुधारका विषयमा आश्रमका पदाधिकारीहरूसँग छलफल गरेकी थिइन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप सुरक्षा–अपराध