नेभिगेशन
अर्थ विविध

तोलामा एक हजार चार सयले घट्यो सुन

काठमाडौ - अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य कमी आएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ। बिहीबारको तुलनामा आज तोलामा रु. एक हजार चार घटेको छ । चाँदीमा भने प्रतितोला रु. पाँचले वृद्धि भएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य रु. एक लाख ९० हजार आठ सय  कायम भएको छ। त्यसैगरी, एक तोला चाँदी रु. एक हजार ९६० मा बेचबिखन भइरहेको छ। बिहीबार प्रतितोला सुन रु. एक लाख ९२ हजार दुई सय र त्यति नै परिमाणको चाँदी रु. एक हजार ९५५ मा खरिद–बिक्री भएको थियो। 

 अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार तीन सय ३३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध