नेभिगेशन
विश्व

भारतमा सबै प्रकारका पाकिस्तानी कन्टेन्टमा प्रतिबन्ध

काठमाडौँ - भारतले सबै ओटीटी प्लेटफर्महरू, मिडिया स्ट्रिमिङ प्लेटफर्महरूलाई पाकिस्तानमा बनेका कुनै पनि सामग्रीलाई तत्काल प्रभावबाट स्ट्रिम गर्न बन्द गर्न निर्देशन दिएको छ ।

भारतको सूचना तथा प्रसारण मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै पाकिस्तानमा बनेका वेब सिरिज, चलचित्र, गीत, पोडकास्ट वा कुनै पनि प्रकारको सामग्री बन्द गर्न निर्देशन दिएको हो । मन्त्रालयले  स्ट्रिमिङ प्लेटफर्महरूलाई सबै प्रकारका पाकिस्तानी कन्टेन्ट बन्द गर्न निर्देशन दिएको छ । भारत र पाकिस्तानबीच जारी तनाव र भारतद्वारा सञ्चालित अपरेशन सिन्दूरको बीचमा भारत सरकारले यो निर्णय गरेको हो ।


यस अघि भारतले बिभिन्न पाकिस्तानी सेलिब्रेटीका युट्युबसहित अन्य सामाजिक सञ्जाल एकाउन्ट बन्द गरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व