नेभिगेशन
विश्व

कोलम्बिया विश्वविद्यालयबाट ७० भन्दाबढी प्यालेस्टाइन समर्थक पक्राउ

काठमाडौँ -अमेरिकामा न्यूयोर्क प्रहरीले कोलम्बिया विश्वविद्यालयको मुख्य पुस्तकालयको एक भाग कब्जा गर्ने दर्जनौं प्यालेस्टाइन समर्थक प्रदर्शनकारीहरूलाई पक्राउ गरेको छ ।

कोलम्बिया विश्वविद्यालयका अध्यक्ष क्लेयर शिपम्यानले विज्ञप्ति जारी गर्दै प्रदर्शनकारीहरू जबरजस्ती बटलर पुस्तकालयमा प्रवेश गरेको र विश्वविद्यालयका दुई सुरक्षा अधिकारी घाइते भएको जानकारी दिएका छन् ।

शिपम्यानले न्यूयोर्क प्रहरीबाट सहयोग मागेको बताए। 

प्रहरीले कोलम्बिया विश्वविद्यालयको अनुरोधमा, न्यूयोर्क प्रहरीले क्याम्पसको पुस्तकालय कब्जा गरेकालाई नियन्त्रणमा लिएको बताएको छ ।

क्याम्पस पत्रिका कोलम्बिया स्पेक्टेटरका अनुसार प्रहरीले ७० भन्दा बढी प्रदर्शनकारीहरूलाई पक्राउ गरेको बताइएको छ । अध्यक्ष शिपम्यानले अधिकांश प्रदर्शनकारीहरू विश्वविद्यालयका विद्यार्थीहरू नभएको बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व