नेभिगेशन
विश्व

अप्रेशन सिन्दूरपछि भारत सरकारले बोलायो सर्बदलीय बैठक

काठमाडौँ - पाकिस्तानविरुद्ध अपरेशन सिन्दूरपछि भारत सरकारले सर्बदलीय बैठक बोलाएको छ ।

यस बैठकको अध्यक्षता रक्षामन्त्री राजनाथ सिंहले गर्ने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । बैठकमा गृहमन्त्री अमित शाह र संसदीय मामिला मन्त्री किरण रिजिजु पनि उपस्थित हुने बताइएको छ । यस अवधिमा, विपक्षी नेताहरूलाई प्रति-कार्य र भविष्यको तयारीको बारेमा जानकारी गराइनेछ ।  बैठक भारतीय समय अनुसार बिहान ११ बजे बस्ने बताइएको छ ।

विपक्षी दल नेशनल कांग्रेसले यस बैठकमा प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी हुनुपर्ने माग गरेको छ । यसअघि अप्रिल २४ मा भएको सर्बदलीय बैठकमा पनि मोदी उपस्थित भएका थिएनन् । 

आतंकवाद विरुद्ध सरकारलाई पूर्ण समर्थन र सेनासँग ऐक्यबद्धता जनाउँदै कांग्रेसले 'संविधान बचाउ र्‍याली' लगायत पार्टीका सबै निर्धारित कार्यक्रमहरू रोकेको बताएको छ ।


त्यस्तै तनावपूर्ण वातावरणमा, प्रधानमन्त्री मोदीले तीन देशको भ्रमण रद्द गरेका छन् । मोदीको मे १३ देखि १७ सम्म नर्वे, क्रोएसिया र नेदरल्याण्ड्सको भ्रमण गर्ने कार्यक्रम थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व