नेभिगेशन
राजनीति

चेन्नई र कोलाकाताको खेलमा बम बिस्फोट गर्ने धम्की, सुरक्षा सतर्कता बढाइयो

काठमाडौं – इण्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को ५७ औं खेलमा अहिले कोलकोता नाइट राइडर्स र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

इडेन गार्डेन क्रिकेट रंगशालामा जारी खेलमा अहिले चेन्नईले जबाफी ब्याटिङ गरिरहेको छ । कोलाकोताले दिएको १८० रनको लक्ष्य पछ्याई रहेको चेन्नईले मध्यम प्रदर्शन गरिरहेको छ ।

यसैबीच कोलकाता र चेन्नईबीच खेल जारी रहँदा बम बिस्फोट गर्ने धम्की आएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार क्रिकेट एसोसिएशन अफ बंगालको ईमेलमा बम बिस्फोट गर्ने धम्की आएको हो । एक अज्ञात आईडीबाट खेल भइरहेको इडेन गार्डेन क्रिकेट रंगशालामा बम विस्फोट गर्ने धम्की आएको समाचारमा उल्लेख छ ।

धम्कीपछि कोलकाता प्रहरीले तुरुन्तै अनुसन्धान सुरु गरेको बताइएको छ । रंगशालाको सुरक्षा बढाइएको छ भने बम स्क्वाड र सुरक्षा निकायहरू सतर्क अवस्थामा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


भारतले पाकिस्तान अधिनस्थ कश्मीर (पीओके) र अन्य क्षेत्रमा गरेको हवाई कारबाही ‘अपरेशन सिन्दूर’ सञ्चालन गरेपछि दुई देशबीच तनाव बढिरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति