नेभिगेशन
राजनीति

राजावादीको एकता कसैले टुटाउन सक्दैन : कमल थापा

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले अब कसैले चाहेर पनि राजावादीहरूको एकता टुटाउन नसक्ने बताएका छन् । बिहीबार राजधानीमा आगामी जेठ १५ गतेबाट जनआन्दोलन घोषणापछि सम्बोधन गर्ने क्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

उनले भने, ‘राजावादीको एकतालाई कसैले चाहेर पनि टुटाउन सक्दैन । कमजोर बनाउन सक्दैन । एकताबद्ध भएर हामी जाँदैछौं ।’ 

थापाले आफूहरूले आयोजना गर्न लागेको आन्दोलन शान्तिपूर्ण हुने बताए । काठमाडौंमा जेठ १५ गते लाखौँको सङ्ख्यामा मान्छे उपस्थित भएर प्रदर्शन हुने उनको दाबी छ ।

उनले भने, ‘स्वतःस्फुर्त रूपमा जिल्ला, पालिका, वडा र टोल टोलमा पनि राजसंस्था पुनस्थापना समिति गठन गर्न र जनतालाई परिचालन गर्न म आग्रह गर्न चाहन्छु ।’ उनले गणतन्त्र स्थापना भएको दिन जेठ १५ लाई इतिहासकै कहालीलाग्दो दिनको रूपमा व्याख्या गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति