नेभिगेशन
सुरक्षा–अपराध

‘कान्छी’ पत्नी हत्याका दुई घटनाः राष्ट्र बैंकका पूर्वकर्मचारीले त्यागे ज्यान, अर्का पुगे जेल

काठमाडौं– समाजमा विभिन्न प्रकारका सामाजिक अपराध हुने गरेका मध्य एउटा नयाँ घटनाको दुखान्त कथा पत्ता लागेको छ।

यो यसै महिनाको घटना हो। नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी ऋषिराम बरालले कान्छी पत्नीलाई मारेर आफै पनि प्राण त्यागेका थिए। 

यसको भित्री कारण भने अहिलेसम्म खुलीसकेको छैन। यद्यपि सम्बन्ध विग्रिएको अवस्था र कारणबारे अनुमानचाहिँ गरिएको छ।

पोखराको बिरौटामा नयाँ घर बनाएर कान्छी पत्नी भित्राएको पाँच वर्षमै यस्तो कारुणिक घटना भयो। 

पत्नीको हत्यापछि गम्भीर अवस्थामा भेटिएका बरालको उपचार क्रममा मृत्यु भएको थियो। 

दुई छोरा, एक छोरी र जेठी पत्नी पोखराकै मासबारस्थित अर्को घरमा बस्छन्। 

पाँच वर्षअघि बैंकबाट अवकाश लिएका चालक बरालले निकै कम उमेरकी युवतीलाई पत्नीको रुपमा भित्राएका थिए। 

उनी देवीमाया पराजुली थिइन्। घरयासी विवाद चर्किएपछि धारिलो हतियार प्रहार गरी हतया गरिएको भन्ने प्रहरीले जनाएको थियो।

पछिल्लो समय जेठी पत्नी र उनको परिवारसँग नजिकिएको थाहा पाएपछि कान्छीसँग सम्बन्ध बिग्रिएको छिमेकी र आफन्तको अनुमान छ। 

घटनाको अनुसन्धान कहाँसम्म पुग्यो भन्ने विषयमा प्रहरीले अहिलेसम्म अपडेट गराएको छैन।

तर मृतक बरालले ज्यान त्याग्नुअघिको दिउँसो पनि फेसबुक पेजमा जेठी पत्नीसँगको फोटो र भिडिओहरु दुई पटक पोष्ट गरेका थिए।

वैशाख १४ गते बैंकको वार्षिकोत्सवमा उपस्थित उनले पूर्व कर्मचारीहरुसँग अस्वाभाविक प्रश्न र व्यवहार गरेका थिए।

यस्तै चितवनमा पनि कान्छी पत्नीको हत्या गरेको एक घटना सार्वजनिक भएको थियो। 

चितवनको सिमलटाँडीमा आफ्नै पत्नीको हत्या गर्ने पतिलाई अदालतले पूर्पक्षको लागि थुनामा राख्न कारागार पठाएको थियो। 

पत्नी मन्जु अधिकारीको हत्या गरेको भन्दै चितवन जिल्ला अदालतले मृतकको पति कृष्णप्रसाद अधिकारीलाई कारागार पठाउने आदेश अदालतले दिएको थियो। 

उनीसँगै उनको जेठी पत्नी शर्मिला अधिकारीलाई समेत अदालतले पूर्पक्षको लागि कारागार पठाएको थियो। 

पतिले हत्या गर्दा समेत उनलाई बचाउन कुनै कोसिस नगरेको र दुवैजनाको योजनामा मन्जुको हत्या गरेको जाहेरी परेपछि प्रहरीले दुवै जनालाई पक्राउ गरेको थियो। 

कृष्ण अधिकारीले रिसको झोकमा कान्छी श्रीमतिको हत्या गरेको स्वीकार गरेका थिए। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध