नेभिगेशन
राजनीति

देउवासँग छलफलपछि बालुवाटारमा मन्त्रिपरिषदको बैठक, होला त गभर्नर नियुक्ति

काठमाडौं - प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बसिरहेको छ । बिहीबार साँझ करिब ८ बजे बालुवाटारमा मन्त्रिपरिषदको बैठक सुरू भएको हो । बैठकले के कस्ता निर्णय लिन्छन् भन्ने खुलिसकेको छैन ।

पछिल्लो एक महिनादेखि सरकारले गभर्नरको नियुक्ति गर्न सकेको छैन । मन्त्रिपरिषदको बैठक बस्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सत्तासीन दलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए ।

सो छलफलमा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक तथा परराष्ट्रमन्त्री आरजु देउवा समेत सहभागी थिइन् । देउवाले यसअघि प्रधानमन्त्रीका कारण नभई नेपाल राष्ट्र बैंकभित्रको समस्याका कारण गभर्नर नियुक्तिमा ढिलाई भइरहेको बताएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति