नेभिगेशन
विश्व

सैन्य शक्तिमा भारत-पाकिस्तानमा को बलियो ?

काठमाडौँ - जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच युद्ध शुरु भएको छ । गएराती भारतले पाकिस्तानविरुद्ध हवाई आक्रमण शुरु गरेपछि दूई देश युद्धमा होमिएका छन् ।

 पाकिस्तानले भारतको आक्रमणको कडा जवाफ दिने बताएको छ र सीमा क्षेत्रमा दुवैबीच गोलिवारी जारी रहेको छ ।

भारतीय सशस्त्र बलले यस अपरेशनलाई 'अपरेशन सिन्दूर' नाम दिएको छ । भारतीय मिडिया रिपोर्टका अनुसार यो अप्रेशन महिलाहरूप्रति समर्मित गरेको छ, जसले आतंकवादी हमलामा आफ्ना पति गुमाएका छन्।  


यस अघि भारतले दुई देशबीचको सिन्धु जल सन्धि निलम्बन गर्ने, सीमा नाका बन्द गर्ने र पाकिस्तानी नागरिकहरूको भिसा रद्द गर्ने जस्ता धेरै निर्णयहरू गरेका थिए । त्यस्तै पाकिस्तानले १९६० को शिमला सम्झौताबाट पछि हट्ने घोषणा गरेको छ र नदीहरूको पानी रोक्ने वा मोड्ने कुनै पनि प्रयासलाई 'युद्धको कार्य' मानिनेछ र पूर्ण शक्तिका साथ जवाफ दिइने बताएको छ ।

यसैबीच यस रिपोर्टमा दुई देशको सैन्य शक्ति कस्तो छ भन्ने विषयमा विश्लेषण गरिएको छ । 

विश्वका देशहरुको सैन्य शक्तिको विश्लेषण गर्ने ग्लोबल फायर पावरका अनुसार २०२५ को सैन्य शक्तिको वरीयतामा भारत र पाकिस्तानबीच आठ स्थानको अन्तर छ । सन् २०२५ मा विश्वव्यापी सैन्य शक्तिको हिसाबले भारत १४५ देशहरूमध्ये चौथो स्थानमा छ भने पाकिस्तान १२औं स्थानमा रहेको ।


भारतीय सेनामा लगभग २२ लाख सेनाका कर्मचारी, ४ हजार २०१ ट्याङ्क, एक लाख ५० हजार बख्तरबंद सवारी साधन, १०० स्वचालित तोपखाना र ३ हजार ९७५ टोइड तोपखाना रहेका छन् । यसबाहेक, बहु ब्यारेल रकेट आर्टिलरीहरूको संख्या २६४ रहेको छ । भारतीय वायुसेनामा ३ लाख १० हजार वायुसेना र ५१३ लडाकु विमान र २७० परिवहन विमानसहित कुल २ हजार २२९ विमान छन् । कुल विमानहरूमा १३० आक्रमणकारी, ३५१ प्रशिक्षण विमान र छ वटा ट्याङ्कर फ्लीट विमानहरू समावेश छन् । भारतीय सेनाका तीनवटै शाखासँग कुल ८९९ हेलिकप्टर रहेका छन् ।


भारतीय नौसेनामा १.४२ लाख नाविक र दुई विमान वाहक, १३ विनाशक, १४ फ्रिगेट, १८ पनडुब्बी र १८ कार्भेट सहित कुल २९३ जहाजहरू रहेका छन् । रसदको हिसाबले, भारतीय सेनासँग ३११ विमानस्थल, ५६ बन्दरगाह र ६३ लाख किलोमिटर सडक र ६५ हजार किलोमिटर रेलवे कभरेज पनि रहेको छ ।


त्यसैगरी ग्लोबल फायर पावरका अनुसार पाकिस्तानी सेनामा लगभग १३ लाख ११ हजार सैन्य कर्मचारी, १ लाख २४ हजार नौसेना कर्मचारी र ७८ हजार वायुसेना कर्मचारी छन् । पाकिस्तानसँग ३२८ लडाकु विमान, ९० आक्रमण प्रकार, ६४ यातायात विमान, ५६५ प्रशिक्षक, ४ ट्याङ्कर फ्लीट र ३७३ हेलिकप्टर सहित कुल एक जार ३९९ विमान छन् ।


यसमा २ हजार ६२७ ट्याङ्क, ६६२ स्वचालित तोपखाना, २ हजार ६२९ टोइड तोपखाना र ६०० बहु-ब्यारेल रकेट तोपखाना छन् । पाकिस्तानी नौसेनासँग ९ फ्रिगेट, ९ कर्भेट, आठ पनडुब्बी र ६९ गस्ती जहाजहरू सहित जम्मा १२१ युद्धपोतहरू छन् । रसदको हिसाबले, यससँग केवल तीन बन्दरगाह, ११६ विमानस्थल र ६० व्यापारिक समुद्री जहाजहरू छन्। यसबाहेक २.६४ किलोमिटर सडक र ११.९ किलोमिटर रेलवे कभरेज छ ।


स्विडेनी थिंक ट्याङ्क स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युटको २०२४ को रिपोर्ट अनुसार भारतसँग १७२ आणविक हतियार छन् भने पाकिस्तानसँग १७० आणविक हतियार छन् । यद्यपि, दुवै देशसँग कति आणविक हतियार तैनाथ छन् भन्ने कुरा स्पष्ट छैन । यो संस्थाले पाकिस्तानले भारतसँग प्रतिस्पर्धा गर्न आणविक हतियार तयार गरिरहेको बताएको छ भने भारतको ध्यान लामो दूरीका हतियारहरू तैनाथ गर्ने कुरामा रहेको उल्लेख गरेको छ । 
भारत र पाकिस्तानको छिमेकी र विश्वको तेस्रो ठूलो आणविक शक्ति राष्ट्र चीनमा आणविक हतियारको संख्या २२ प्रतिशतले बढेको छ, जुन ४१० वारहेडबाट ५०० पुगेको छ ।


गत वर्ष नोभेम्बरमा लेख अनुसार, भारत र पाकिस्तानले आफ्नो ड्रोनको संख्या द्रुत गतिमा बढाइरहेका छन्। भारतसँग आगामी दुई देखि चार वर्षमा लगभग पाँच हजार ड्रोन हुनेछन् । उनका अनुसार पाकिस्तानसँग 'भारतभन्दा कम ड्रोन' भए पनि, यसबाहेक, उनीसँग भएका ड्रोनहरूको क्षमता फरक छ र तिनीहरू १० देखि ११ फरक ब्रान्डका छन् ।


गत वर्ष अक्टोबरमा, भारतले अमेरिकासँग ३.५ अर्ब डलर बराबरको ३१ प्रिडेटर ड्रोन खरिद गर्ने सम्झौतामा हस्ताक्षर गरेको थियो । प्रिडेटर ड्रोनहरू संसारकै सबैभन्दा सफल र खतरनाक ड्रोन मानिन्छन् । तिनीहरूसँगै ५०० मिलियन डलर बराबरका बम र लेजर निर्देशित मिसाइलहरू पनि खरिद गरिने, जुन ती ड्रोनहरू मार्फत लक्ष्यहरू नष्ट गर्न प्रयोग गरिने बताइएको छ ।

पाकिस्तानले टर्की र चीनबाट ड्रोन आयात गर्छ । यद्यपि, यसले जर्मनी र इटालीबाट पनि ड्रोनहरू खरिद गरेको छ । पाकिस्तानले बराक र शाहपर जस्ता ड्रोनहरू पनि बनाएको छ । पाकिस्तानसँग टर्कीको आधुनिक 'बायरक्तार' ड्रोन टीबी २ र एकेन्जी छ भने उसले चीनबाट 'वाङ लङ टु' र 'सिएच ४ ' जस्ता ड्रोनहरू पनि प्राप्त गरेको छ ।
 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व