नेभिगेशन
विश्व

'अप्रेशन सिन्दुर' पहलगाम आक्रमणमा पति गुमाएका महिलाप्रति समर्पित !

काठमाडौँ - अप्रिल २२ मा, जम्मू कश्मीरको पहलगाममा, आतंककारीहरूले पुरुषहरूलाई उनीहरूको धर्म सोधेर मात्र मारेका थिए । यस आतंकवादी आक्रमणमा धेरै महिलाहरूले आफ्ना पतिहरू गुमाए ।

क्रूर आतंकवादी हमलाको बदला लिन, भारतले १५ दिन पछि पाकिस्तान अधिनस्थ कश्मीरमा नौ आतंकवादी शिविरहरूमा हवाई आक्रमण पार्यो । भारतीय सशस्त्र बलले यस अपरेशनलाई 'अपरेशन सिन्दूर' नाम दिएको छ । भारतीय मिडिया रिपोर्टका अनुसार यो अप्रेशन महिलाहरूप्रति समर्मित गरेको छ, जसले आतंकवादी हमलामा आफ्ना पति गुमाएका छन् ।

पहलगामको बैसरन उपत्यकामा आतंककारीहरूले गोली चलाएर पर्यटकहरूको हत्या गरेका थिए । यस आक्रमणमा २५ भारतीय र एक नेपाली युवाको मृत्यु भएको थियो । आक्रमणको क्रममा, आतंककारीहरूले पुरुषहरूलाई उनीहरूको धर्म सोधेर मात्र मारेका थिए । यो आक्रमणपछि भारत र पाकिस्तानबीच तनाव चरम सीमामा पुगेको थियो । यो आक्रमणपछि भारतले सिन्धु जल सन्धि निलम्बन गर्नेदेखि लिएर पाकिस्तानी नागरिकहरूको भिसा रद्द गर्नेसम्मका धेरै प्रतिबन्धहरू लगाएको थियो भने पाकिस्तानले पनि जवाफी प्रतिबन्ध लगाएको थियो ।


पहलगामका अपराधी र षड्यन्त्रकारीहरूलाई पाठ सिकाउन भारतीय वायुसेनाले आज पाकिस्तान सीमामा ठूलो मात्रामा युद्ध अभ्यास गर्न लागेको बेला भारतले यो कारबाही गरेको हो । यसमा राफेल, मिराज-२०००, तेजस र सुखोई-३० जस्ता सबै अग्रपंक्तिका लडाकु विमानहरू समावेश रहेको बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व