नेभिगेशन
विश्व

इन्डियन एयरलाइन्सले जारी गर्यो 'एडवाइजरी', धेरै उडान रद्द

नयाँ दिल्ली - भारतले "अपरेसन सिन्दूर" सुरु गरेपछि, धेरै एयरलाइन्सहरूले यात्रा एडवाइजरी जारी गरेका छन्।

एयर इन्डिया, स्पाइसजेट र इन्डिगोले एडवाइजरी जारी गर्दै धेरै क्षेत्रहरूमा उडान प्रभावित हुने जानकारी दिएका छन्।

'वर्तमान अवस्थालाई ध्यानमा राख्दै, एयर इन्डियाले मे ७ मा दिउँसो १२ बजेसम्म जम्मू, श्रीनगर, लेह, जोधपुर, अमृतसर, भुज, जामनगर, चण्डीगढ र राजकोट जाने सबै उडानहरू रद्द गरेको छ,' एयर इन्डियाले एक्समा पोस्ट गरेको छ।

एयरलाइन्सले अमृतसर जाने दुई अन्तर्राष्ट्रिय उडानहरूलाई दिल्ली डाइभर्ट गरिएको जनाएको छ।

स्पाइसजेटले वर्तमान अवस्थाका कारण, धर्मशाला, लेह, जम्मू, श्रीनगर र अमृतसर लगायत उत्तर भारतका केही भागहरूमा विमानस्थलहरू अर्को सूचना नभएसम्म बन्द गरिएका जनाएको छ।

त्यस्तै भारतको अर्को इयरलाइन्स इन्डिगोले बदलिँदो हवाई क्षेत्रको अवस्थाका कारण, श्रीनगर, जम्मू, अमृतसर, लेह, चण्डीगढ र धर्मशाला जाने उडानहरू प्रभावित भएको सामाजिक सञ्जालमा पोस्ट गरेको छ।

तीनै एयरलाइन्सले यात्रुहरूलाई आफ्नो उडानको स्थिति जाँच गरेर मात्र विमानस्थल पुग्न सल्लाह दिएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व