नेभिगेशन
अर्थ विविध

सुन तोलामा ५ हजार ३०० रुपैयाँले बढ्यो

काठमाडौँ -नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा ५ हजार ३०० रुपैयाँले बढेर एक लाख ८९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

सोमबार सुनको मूल्य तोलामा १ लाख ८४ हजार ६०० रुपैयाँ कायम भएको भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा १ हजार ९१० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध