नेभिगेशन
राजनीति

उपप्रधानमन्त्री पौडेलले भेटे प्रचण्डलाई, के भयो कुराकानी ?

काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।

प्रचण्डलाई भेट्न उपप्रधानमन्त्री पौडेल आज बिहान प्रचण्ड निवास खुमलटार पुगेका थिए । सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रममाथि छलफल चलिरहेका बेला अर्थमन्त्रीले प्रमुख प्रतिपक्षी दल माओवादीका अध्यक्ष प्रचण्डसँग भेट गरेका हुन् ।

भेटका क्रममा उनीहरूबीच आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल भएको र अर्थ मन्त्री पौडेलले सुझाव माग गरेको बुझिएको छ।

यसअघि अर्थमन्त्री पौडेलले सोमबार सत्तारुढ दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति