नेभिगेशन
राजनीति

रेशम चौधरी पक्राउको विषयमा गृहमन्त्री रमेश लेखकले जवाफ दिने

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले  रेशम चौधरीको पक्राउको विषयमा उठाएको मागको जवाफ गृहमन्त्री रमेश लेखकले २५ गतेको बैठकमा दिने भएका छन् ।

मंगलबारको प्रतिनिधि सभाको बैठकमा दुवै दलले रेशम चौधरीलाई पक्राउ गरेको विषयमा सरकारको जवाफ माग्दै अवरोध गरेपछि गृहमन्त्री लेखकले विहिबारको बैठकमा यस बारेमा जानकारी दिने भएका हुन् ।

नागरिक उन्मुक्ति पार्टीले संसदमा उठाएको विषयमा सभामुख देवराज घिमिरेले सरकारलाई रुलिंग समेत गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति