नेभिगेशन
विश्व

अवैध आप्रवासी स्वेच्छाले फर्किएमा हजार डलरसहित यात्रा खर्च बेहोर्ने ट्रम्प प्रशासनको घोषणा

काठमाडौँ - अमेरिकी डोनाल्ड ट्रम्प प्रशासनले अवैध रूपमा बसोबास गरिरहेका आप्रवासीहरूले स्वेच्छाले आफ्नो देश फर्किएमा उनीहरूलाई एक हजार डलर दिने घोषणा गरेको छ ।

अमेरिकी गृह सुरक्षा विभागले रकम मात्र नभई यात्रा खर्च पनि बेहोर्ने बताएको छ । यसका लागि, आप्रवासीहरूले 'सिपिबी होम एप' प्रयोग गरेर सरकारलाई आफू घर फर्कन चाहेको जानकारी गराउनुपर्नेछ । त्यसो गर्नेहरूलाई पक्राउ वा देशबाट जबरजस्ती निर्वासनको लागि प्राथमिकता सूचीबाट हटाइनेछ ।

आफ्नो राष्ट्रपति चुनावी अभियानको क्रममा, डोनाल्ड ट्रम्पले अमेरिकाबाट अवैध आप्रवासीहरूलाई निष्कासन गर्नुलाई आफ्नो प्रमुख चासो बनाएका थिए । तर, यो प्रक्रिया धेरै महँगो र जटिल बनेपछि यस्तो अफर ल्याइएको बताइएको छ । अब आफ्नो रणनीति बदल्दै ट्रम्प प्रशासनले स्वैच्छिक निर्वासनलाई प्रवर्द्धन गर्न यो योजना सुरु गरेको छ र अध्यागमन विभागको लागि कांग्रेसबाट थप रकमको माग पनि गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

साउदी अरेबियामा बालुवाको आँधी