नेभिगेशन
सुरक्षा–अपराध

प्रिशा साह मृत्यु बारे सभामुख घिमिरेको सरकारलाई रुलिङः कुटनीतिक संवाद बढाऊ

काठमाडौं– भारतको उडिसास्थित केआईआईटीमा अध्ययनरत अर्की नेपाली विद्यार्थीको मृत्युबारे उच्च तहमा छानबिनसहित कुटनीतिक पहल गर्न सभामुख देवराज घिमिरेले सरकारलाई रुलिङ गरेका छन्।

उनले परिवारलाई न्यायीक छानबिन गरी न्याय दिलाउन पनि रुलिङ गरेका हुन्। योसँगै विदेशमा अध्ययनरत नेपालीको सुरक्षाका निम्ति पनि उच्च पहलकदमी राख्न भनेका छन्। 

यस्तो छ सभामुखको रुलिङ

माननीय सदस्यहरू
भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (के आई आई टी) मा अध्ययनरत नेपाली विद्यार्थी प्रिशा शाहको निधनबारे माननीयज्यूहरूले आकस्मिक समयमा उठाउनुभएको विषयमा सदनको गम्भीर ध्यानाकर्षण भएको छ ।

उज्यालो भविष्यका सपना बोकेर अध्ययनका लागि विदेशिएका विद्यार्थीहरूको एकपछि अर्को रहस्यमय मृत्युको घटना राष्ट्रको संवेदनशीलता र जिम्मेवारीसँग जोडिएको गम्भीर प्रश्न पनि हो ।

सरकारलाई यस घटनाप्रति गहिरो चासो लिँदै सत्यतथ्य पत्ता लगाउन भारत सरकारसँग उच्च तहमा कुटनीतिक संवाद अघि बढाउन र परिवारलाई आवश्यक न्यायिक सहयोग गर्न निर्देश गर्दछु । साथै, विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न दीर्घकालीन नीतिगत पहलहरू अवलम्बन गर्न अपिल गर्दछु ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध