नेभिगेशन
सुरक्षा–अपराध

म्याद थपका लागि रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराइँदै

काठमाडौं- राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र व्यापारी दुर्गा प्रसाईँलाई अदालतमा उपस्थित गराइने भएको छ ।

गत चैत्र १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनलाई भड्काएको आरोपमा पक्राउ परेका उनीहरूलाई म्याद थपका लागि अदालत उपस्थित गराउन लागिएको हो ।

उनीहरूमाथि अनुसन्धान नसकिएको भन्दै प्रहरीले थप समय हिरासतमा राख्न अनुमति माग्ने तयारी गरेको हो ।

१४ वैशाखमा ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न भन्दै दिएको म्याद सकिएको छ । तर, अनुसन्धान नसकिएपछि फेरि अनुमति माग्ने तयारी गरिएको प्रहरीले जानकारी दियो ।

राजावादी प्रदर्शनका जनकमान्डर भनिएका प्रसाईँविरुद्ध कर्तव्य ज्यानसहित ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव, सङ्गठित अपराध र राजद्रोहको समेत मुद्दा लगाइएको छ ।

मिश्रलाई भने राजद्रोह र सङ्गठित अपराधको मुद्दा चलाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध