नेभिगेशन
अर्थ विविध

सुनको मूल्य ६ सय रुपैयाँले बढ्यो

काठमाडौँ - स्थानीय बजारमा आइतवार सुनको मूल्य बढेको छ । प्रतितोलामा छ सय रुपैयाँले बढेर आज तोलाको १ लाख ८४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रवार सुन तोलाको एक लाख ८३ हजार पाँच सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य भने आज घटेको छ । आज तोलामा २० रुपैयाँले घटेर चाँदी तोलाको १ हजार ९ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध