नेभिगेशन
अर्थ विविध

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

काठमाडौँ- सन् २०२५ को अप्रिलमा हालसम्मकै उच्च संख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन्।

नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार अप्रिलमा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन्। नेपालको पर्यटनमा अप्रिल महिनाको विदेशी पर्यटक आगमनमा रेकर्ड कायम भएको बोर्डले उल्लेख गरेको छ।

अप्रिलमा सबैभन्दा बढी भारतबाट २५ हजार ९३३, अमेरिकाबाट १० हजार ५३, चीनबाट नौ हजार ३७ र संयुक्त अधिराज्य बेलायतबाट ६ हजार ८३८ पर्यटक नेपाल भित्रिएका छन्। पछिल्लो आँकडा हेर्दा भारतीय र चिनियाँ पर्यटक बढ्न सकेका छैनन्।

बोर्डका अनुसार सन् २०१९ को तुलनामा १०६।५ प्रतिशतले विदेशी पर्यटक आगमनमा बढोत्तरी भएको छ। कोरोना महामारीपूर्व सन् २०१९ को अप्रिलमा सबैभन्दा धेरै एक लाख नौ हजार ३९९ विदेशी पर्यटक नेपाल आएका थिए।

सन् २०२४ को अप्रिलमा एक लाख ११ हजार ३७६ जना विदेशी पर्यटक नेपाल आए भने सन् २०२३ को अप्रिलमा ९८ हजार ७७३ जना पर्यटक नेपाल भित्रिएका थिए। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध