नेभिगेशन
विश्व

ट्रम्पको कर निर्णयले एप्पलको रणनीति बदलियो, चीनबाट भारततर्फ केन्द्रित

काठमाडौँ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार कर सम्बन्धी लिएका निर्णयपछि विश्वकै ठुलो कम्पनि एप्पलले ठूलो कदम चाल्ने तयारी गरिरहेको छ ।

एप्पलले अमेरिकामा बेचिने आईफोन र अन्य उपकरणहरूको उत्पादन चीनबाट सारिने बताएको छ । एप्पलका सीईओ टिम कुकले आगामी महिनाहरूमा अमेरिकी बजारमा बिक्री हुने अधिकांश आईफोनहरू 'भारतमा निर्मित' हुने बताएका छन् ।


त्यस्तै भियतनाम आईप्याड र एप्पल वाचको लागि प्रमुख उत्पादन केन्द्र हुनेछ । एप्पलले अमेरिकी आयात करले चालू त्रैमासिकमा यसको लागत लगभग ९०० मिलियन डलरले बढाउन सक्ने अनुमान गरेको छ ।


यद्यपी हाल ट्रम्पले प्रमुख इलेक्ट्रोनिक्स वस्तुहरूलाई नयाँ ट्यारिफबाट बाहिर राख्ने निर्णय गरेका छन् ।


ट्रम्प प्रशासनले एप्पलले आफ्नो उत्पादन अमेरिकामा सारोस् भन्ने चाहन्छ भन्ने कुरा निरन्तर बताउँदै आएको छ । यो अनुमान यस्तो समयमा आएको हो जब विश्वभरका कम्पनीहरू अमेरिकाको व्यापार नीतिबाट प्रभावित भएका छन् र विश्वव्यापी व्यापारमा आएको नाटकीय परिवर्तनहरूको प्रतिक्रिया दिन संघर्ष गरिरहेका छन् ।


बिहीबार लगानीकर्ताहरूसँग कम्पनीको वित्तीय कार्यसम्पादनको बारेमा छलफल गर्दा एप्पलका प्रमुखले अमेरिकामा आफ्नो लगानीतर्फ ध्यान आकर्षित गर्न उत्सुक देखिन्थे । कुकले आगामी चार वर्षमा धेरै अमेरिकी राज्यहरूमा ५०० अर्ब डलर लगानी गर्ने एप्पलको योजनाको बारेमा छलफल गरेका थिए ।


टिम कुकले एप्पलले अमेरिकामा बेचिने उत्पादनहरूको आपूर्ति श्रृंखला चीनबाट सार्दै गरेको बताएका छन् । यस कदमबाट भारत र भियतनाम सबैभन्दा बढी लाभान्वित हुनेछन् । कुकले भने- 'अमेरिकामा बेचिने धेरैजसो आईफोनहरू भारतमा बन्नेछन् । भियतनाम आईप्याड, म्याकबुक, एप्पल घडी र एयरपड उत्पादनको केन्द्र हुनेछ ।'


तर उनले अमेरिका बाहिर अन्य देशहरूमा बेचिने अधिकांश उत्पादनहरू चीनमा बन्नेछन् ।


तर उत्पादन भारतमा सार्न एप्पलले अर्बौं डलर खर्च गर्नुपर्नेछ । जसमा नयाँ कारखानाहरू निर्माणको लागत र अन्य लगतहरु रहेका छन् ।


ट्रम्प प्रशासनले पारस्परिक शुल्क घोषणा गरेपछि एप्पलको शेयरमा तीव्र गिरावट आएको छ । तर यो निर्णयपछि ट्रम्प प्रशासनले पनि ठूलो दबाबको सामना गर्नुपरेको थियो । शुल्क लागू भएलगत्तै धेरै इलेक्ट्रोनिक वस्तुहरू, फोन र कम्प्युटरहरू सूचीबाट हटाइएका थिए।

यो उथलपुथलको बीचमा एप्पलको राजस्वमा कुनै उल्लेखनीय प्रभाव परेको छैन । कम्पनीले गत वर्षको यस त्रैमासिकको तुलनामा यस पटक कम्पनीको राजस्व पाँच प्रतिशतले बढेर ९५.४ अर्ब डलर पुगेको छ ।

अमेजन अर्को ठूलो कम्पनी हो जसलाई ट्यारिफका कारण हुन सक्ने नोक्सानको अनुमान गर्न नजिकबाट निगरानी गरिँदैछ । तर उनले बिक्रीमा वृद्धि भएको दाबी पनि गरेका छन् । कम्पनीले पछिल्लो त्रैमासिकमा उत्तर अमेरिकी ई-कमर्श व्यवसायले ८ प्रतिशतले वृद्धि भएको बताएको छ । कम्पनीले आगामी महिनाहरूमा पनि यस्तै वृद्धि हुने अनुमान गरेको छ ।

मूर इनसाइट्स एण्ड स्ट्राटेजीका प्रमुख कार्यकारी प्याट्रिक मूरहेड भन्छन्, आईफोन आपूर्ति शृङ्खला भारतमा सार्ने निर्णयले प्रभाव पार्नेछ । उनले भने, 'यसले केही वर्ष अघि कुकले चीनले मात्र आईफोन बनाउन सक्छ भनेको कुरा अब परिवर्तन भएको देखिएको छ । एप्पलले यस विषयमा अझ बढी प्रगति देखाउन आवश्यक छ । तर यो राम्रो सुरुवात हो ।'

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व