नेभिगेशन
विश्व

पाकिस्तानी प्रधानमन्त्री शरीफको युट्युब च्यानल र इन्स्टाग्राम एकाउन्ट भारतमा ब्लक

काठमाडौँ - भारतले पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफको आधिकारिक युट्युब च्यानल र इन्स्टाग्राम एकाउन्ट ब्लक गरेको छ ।

यसअघि पाकिस्तानी क्रिकेटर बाबर आजम, हरिस रौफ, मोहम्मद रिजवान र शाहीन अफ्रिदीसहित कैयौं पाकिस्तानी फिल्मी सेलिब्रेटीका इन्स्टाग्राम र युट्युब एकाउन्ट भारतमा ब्लक गरिएको थियो ।

यस अघि भारतले पाकिस्तानका चर्चित १६ भन्दा बढी युट्युब च्यानललाई पनि प्रतिबन्ध लगाएको थियो । त्यस्तै ३५ लाखभन्दा बढी सबस्क्राइबर भएको पूर्व पाकिस्तानी क्रिकेटर शोएब अख्तरको आधिकारिक युट्युब च्यानल पनि प्रतिबन्धमा परेको छ ।

पहलगाम आक्रमणपछि भारत र पाकिस्तान अहिले युद्धको संघारमा रहेका छन् । दुवै देशले एक अर्काका हवाई क्षेत्रमा प्रतिबन्ध लगाएका छन् भने दुवैबीचका कैयौं सन्धि सम्झौता निलम्बन गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व