नेभिगेशन
विश्व

ट्रम्पको करका कारण एप्पललाई तीन महिनामा ९०० मिलियन डलर नोक्सानी

काठमाडौँ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको करका कारण एप्पलले तीन महिनामा ९०० मिलियन डलर नोक्सानी बेहोरेको छ ।

यद्यपी २०२५ को पहिलो क्वाटरको कम्पनिको नाफा भने सोचे भन्दा राम्रो भएको रिपोर्टमा उल्लेख छ ।

एप्पलले पहिलो क्वाटरमा ९५.४ बिलियन डलरको व्यापार गरेको छ, जसमा १७ बिलियन डलर चिनियाँ बजारबाट गरेको उल्लेख छ । एप्पलले पहिलो क्वाटरमा २४.८ बिलियन डलर नाफा गरेको छ ।

एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकले भियतनाममा बनाइएका एप्पलका उत्पादन आइप्याड, म्याक कम्प्युटर, एप्पल वाच र एयरपड अमेरिका बेचिएको बताएका छन् ।

उनले छिट्टै अमेरिकी बजारमा भारतमा उत्पादन गरिएका आइफोन बिक्रि गर्ने बताएका छन् । साथै उनले व्यापार तनावका कारण भारतमा उत्पादन हुने आइफोन महँगो हुने पनि बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

अमेरिकी अर्थतन्त्रमा गिरावट