नेभिगेशन
विश्व

टेस्लाले भन्यो : इलन मस्कलाई प्रमुख कार्यकारी अधिकृतबाट हटाउने खबर झुटो हो

काठमाडौ - अमेरिकी राजनीतिमा सक्रिय बनेका धनाढ्य इलन मस्कलाई टेस्लाको बोर्ड बैठकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदबाट हटाउन लागेको खबर वाल स्ट्रिट जर्नलले प्रकाशन गरेको छ। तर, सो समाचारमा कुनै सत्यता नभएको टेस्लाले दाबी गरेको छ।

टेस्लाका अध्यक्ष रोबिन डेनहोल्मले वाल स्ट्रिट जर्नलले प्रकाशन गरेको समाचारमा कुनै सत्यता नभएको बताएका हुन्। जर्नलले बुधबार टेस्लाको बोर्डले मार्चमा मस्कलाई सीइओबाट हटाउन छलफल अघि बढाएको उल्लेख गरेको थियो।

डेनहोल्मले सो समाचारमा झुटो भएको भन्दै मस्कको नेतृत्वमा कुनै शंका नभएको बताएका छन्।

मस्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग राजनीतिमा लागेपछि टेस्लालाई व्यापारमा घाटा भइरहेको छ। डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सीमा मस्क हाल व्यस्त रहेको र उनले टेस्लालाई समय दिन नसकेको जनाइएको छ।

पछिल्लो समय टेस्लाको सेयर बजारमा पनि गिरावट आएको छ। यो वर्षको पहिलो त्रैमासमा टेस्लाको नाफासमेत घटेको छ। टेस्लाको मार्केट घटेपछि ट्रम्पले ह्वाइट हाउसमै टेस्ला ल्याएर प्रचार गरेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व