नेभिगेशन
विश्व

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार वाल्ट्जलाई हटाइयो

काठमाडौँ - अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले आफ्नो पद छोडेका छन् ।

मिडिया रिपोर्टका अनुसार माइक वाल्ट्जसहित उनका सहयोगी एलेक्स वोङले पनि आफ्नो पद छोडेको बताइएको छ ।

यद्यपि, ह्वाइट हाउसले त्यस्ता समाचारहरूमा प्रतिक्रिया नदिने बताएको छ । माइक वाल्ट्जले यमनमा उच्च पदस्थ अधिकारीहरूले सैन्य हमलाको योजना बनाएको समूह च्याटको जिम्मेवारी लिएको लगभग एक महिना पछि उनले पद छोड्न लागेका हुन् । यस समूह च्याटमा एक पत्रकारलाई पनि जोडेको विषय बाहिर आएपछि विवाद भएको थियो ।
वाल्ट्जले यसको पूर्ण जिम्मेवारी लिने बताएका थिए ।

राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकालमा आफ्नो पद त्याग्ने वाल्ट्ज पहिलो उच्च पदस्थ सदस्य हुन् । चुनाव जितेपछि ट्रम्पले नियुक्त गरेका पहिलो व्यक्तिहरूमध्ये वाल्ट्ज पनि थिए ।

मिडिया रिपोर्ट अनुसार वाल्टजलाई संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदुत बनाइने बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

अमेरिकी अर्थतन्त्रमा गिरावट