नेभिगेशन
विश्व

अमेरिकी अर्थतन्त्रमा गिरावट

काठमाडौँ - राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको पहिलो तीन महिनामा अमेरिकी अर्थतन्त्रमा गिरावट आएको छ ।

अमेरिकी आर्थिक विश्लेषण ब्यूरोको प्रारम्भिक तथ्याङ्क अनुसार पहिलो त्रैमासिक अर्थात् जनवरी-मार्चमा अमेरिकी अर्थतन्त्र ०.३ प्रतिशतले घटेको छ ।

अमेरिकी वाणिज्य विभागले २०२४ को अक्टोबर-डिसेम्बर त्रैमासिकमा अमेरिकी जीडीपी २.४ प्रतिशतको दरले बढिरहेको बताएको छ, तर अर्को त्रैमासिकमा भने यो घटेको छ ।

विश्लेषकहरूले यो गिरावट धेरै उल्लेखनीय नभए पनि, राष्ट्रपति ट्रम्पले ट्यारिफ घोषणा गरेको तरिकाले प्रभाव पारेको बताएका छन् । सरकारी खर्चमा आएको कमीले पनि प्रभाव देखाएको छ ।

ट्रम्पको घोषणा कार्यान्वयन हुनुभन्दा पहिले नै अमेरिकी कम्पनीहरूले आयात बढाए, सायद यही नै यस त्रैमासिकमा आयात ४० प्रतिशतले बढ्नुको मुख्य कारण रहेको बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व