नेभिगेशन
राजनीति

सरकार छिटै ढल्ने प्रचण्डको अभिव्यक्ति गैर जिम्मेवार : पदम गिरी

काठमाडौं– नेकपा एमालेका सांसद पदम गिरीले सरकार छिटै ढल्ने प्रचण्डको अभिव्यक्ति गैर जिम्मेवार रहेको बताएका छन् ।  

आइतबार प्रतिनिधिसभामा बोल्दै गिरीले मुलुकमा स्थिरता कायम गर्न ठूला दल मिलेर सरकार बनेको भन्दै सरकार छिटै ढल्दै छ भनेर जनतामा भ्रम छर्ने गरि प्रचण्डले दिएको अभिव्यक्ति गैर जिम्मेवार रहेको बताएका हुन् ।

राजनीतिक स्थिरताको वातावरण बिथोलिने र जनतामा चिन्ता हुने गरी कसैले पनि गैर जिम्मेवार भएर अभिव्यक्ति दिनु उचित नभएको उनले बताए ।

उनले सात बुँदे सहमतिको जगमा वर्तमान सरकार गठन भएकाले मुलुकको विकास र समृद्धिका लागि निरन्तर अघि बढ्ने जिकिर गरे । त्यस्तै गिरीले राजनीतिक स्वार्थको रोटी सेक्नका लागि शिक्षकहरूलाई उत्तेजित बनाउन खोजिएको आरोप समेत लगाए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति