नेभिगेशन
राजनीति

केआईआईटीमा अर्की नेपाली विद्यार्थी पनि मृत भेटिइन्

काठमाडौं - भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत एक नेपाली विद्यार्थी मृत फेला परेकी छिन्।

बिहीबार अपराह्न एक नेपाली विद्यार्थी कलेजको होस्टलमा झुण्डिएको अवस्थामा मृत फेला परेको त्यहाँ अध्ययरत् नेपाली विद्यार्थीहरुले बताएका छन् ।

भूवनेश्वरको टेलिभिजन ओटिभीका पत्रकार स्वाधीन राउतल ‘त्यहाँका पुलिस कमिश्नरले नेपाली विद्यार्थीको मृत्यु भएको’ पुष्टि गरेको बताए ।

‘एक जना नेपाली विद्यार्थीको मृत्यु भएको पुलिसले पुष्टि गरेको छ, थप विवरण हालसम्म दिएको छैन’, उनले टेलिफोनमा भने ।

विद्यार्थीहरुले भने उनी वीरगञ्ज निवासी प्रथम वर्षमा अध्ययनरत् विद्यार्थी भएको बताएका छन् ।

गत ४ फागुनमा केआईआईटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टलमा मृत फेला परेकी थिइन् ।

आफूमाथि मानसिक दुर्व्यवहार र ब्ल्याकमेल भएकोबारे उनले दुई पटक कलेज प्रशासनमा उजुरी दिएकी थिइन् । तर, कलेजले गम्भीरतापूर्वक नलिँदा उनले मृत्युको बाटो रोजेकी थिइन् ।

त्यसपछि प्रकृतिको न्याय माग्दै क्याम्पसमा नेपाली विद्यार्थीले गरेको प्रदर्शनमा कलेज प्रशासनले दमन गरेको थियो । कलेज प्रशासनको निर्देशनमा सुरक्षागार्डले नेपाली विद्यार्थीमाथि निर्घात कुटपिट गरेका थिए भने प्रशासनले होस्टल छाडेर जान निर्देशन दिएको थियो । घटना बढ्दै जाँदा तनावको स्थिति पैदा भएको थियो ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति