नेभिगेशन
राजनीति

प्रधानमन्त्री ओलीसँग भाजपा नेता चौथाइवालेको भेटवार्ता

काठमाडौँ  -प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का विदेश प्रमुख विजय चौथाइवालेले आज भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र हितका विविध विषयमा छलफल भएको थियो ।


काठमाडौँमा रहेका चौथाइवाले बुधबारदेखि उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त रहेका छन् । उनले यस क्रममा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस महामन्त्री गगन थापा, कांग्रेस नेता डा. शेखर कोइराला, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका नेता जनार्दन शर्मालगायतसँग भेटवार्ता गरेका छन् ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति