नेभिगेशन
राजनीति

सांसद सिंहको प्रश्न : विदेशीले दिएका उपहार प्रधानमन्त्री–मन्त्रीले घरमा लगेर राख्न पाइन्छ ?

काठमाडौं- प्रतिनिधिसभाका स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूलाई विदेशीले दिने उपहार घरमा लैजान नपाउने व्यवस्था गर्न माग गरेका छन्।

त्यस्ता उपहार संग्रहालय बनाएर राख्न उनले माग गरेका छन्।

आज (आइतबार) को प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद सिंहले प्रधानमन्त्री–मन्त्रीले सार्वजनिक पद धारण गरेका बेलाका उपहार घरमा लगेर राख्ने गरेको भन्दै संग्रहालयमा राख्ने व्यवस्था गर्न माग गरेका हुन् ।

‘कुनै देशको डिप्लोम्याट आउँदा राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीलाई दिएको उपहार घरमा लगिने गरिएको छ । डिप्लोम्टाले दिने सम्पत्ति मन्त्रीको निजी हुन्छ कि देशको सम्पत्ति ? मन्त्री विदेश जाँदा सरकारी कोषबाट दिने, उपहार चाहिँ मन्त्रीले घरमा लाने ?’ सांसद सिंहले भने, ‘विदेशीले दिएका उपहार सबै पूर्वप्रधानमन्त्रीको घरमा भेटिन्छ । यो मानसिक भ्रष्टाचार हो । यसरी विदेशीबाट पाएको उपहार राज्यको हुन्छ, संग्रहालय बनाएर राखौं, भारतमा पनि यस्तै गरिन्छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति