नेभिगेशन
राजनीति

कांग्रेस–एमाले तनावबीचको अर्को प्रमाण राजन भट्टराईको बयान

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमाले तनावबीचको नयाँ प्रमाणका रुपमा एक नेताको बयान पनि थपिएको छ।

कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापाको सांकेतिक बयानबीच एमाले नेता तथा बागमती प्रदेश इञ्चार्ज डा. राजन भट्टराईको बयान थपिएको हो। 

यद्यपि युथ सेलिब्रेशनका नाममा एमालेले गरेको विहीबारको सभामा प्रधानमन्त्री केपी शर्मा ओलीको बयानको संकेत पनि त्यस्तै थियो।

त्यसअघि कांग्रेस महामन्त्री थापाले सरकारबाट पछि हट्न सक्ने बताएका थिए।

यहि मेसोमा भट्टराईले शुक्रबार भनेका छन्,‘कांग्रेस सरकारबाट बाहिरिन चहान्छ भने बाहिरियोस्। तर महामन्त्री गगन थापाले भन्दैमा सरकार ढल्ने स्थितिमा पुग्दैन।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति