नेभिगेशन
राजनीति

महेश बर्तौलाको प्रष्टीकरण- गभर्नर नियुक्तिलाई लिएर काँग्रेससँग कुनै मतभेद छैन

काठमाडौँ- नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्र बैंकको गभर्नर नियुक्तिका विषयमा सत्तारुढ दलभित्र कुनै मतभेद नरहेको बताएका छन् ।

शुक्रबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले गभर्नर नियुक्तिमा केही ढिलाइ भए पनि यस विषयलाई लिएर सत्तारुढ दल काँग्रेसभित्र कुनै मतभेद नरहेको बताएका हुन् ।

उनले केही दिनभित्रै नियमित प्रक्रियाबाट सरकारले गभर्नर नियुक्त गर्ने दाबी गरे । गभर्नर भन्ने पद कुनै दलको नहुने भन्दै उनले सरकारले उपयुक्त पात्रलाई उपयुक्त समयमा नियुक्त गर्ने बताए ।

फरक प्रसंगमा बर्तौलाले संविधान विपरीत गतिविधि गर्ने जो कोहीलाई पनि कानूनी दायरामा ल्याउनुपर्ने उल्लेख गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति