नेभिगेशन
राजनीति

भारत-पाकिस्तानबीचको समस्या समाधान गर्न सरकारले कूटनीतिक प्रयास चालोस् : एकीकृत समाजवादी

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले नेपाल सार्क राष्ट्रको विशेष जिम्मेवारी नेपालको रहेकाले भारत र पाकिस्तानबीच शान्ति स्थापनाका लागि नेपालले विशेष कूटनीतिक पहल गर्नुपर्ने बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै भारत र पाकिस्तानबीच देखिएको समस्याले युद्ध निम्तिने खतरा बढेको बताए।

उनले भने, ‘यतिबेला अन्तर्राष्ट्रिय क्षेत्र ठूलो युद्धको भुमरीमा प्रवेश गर्न लागिरहेको देखिएको छ। भारत र पाकिस्तानबीच पनि समस्या सिर्जना भएको छ। हामी सार्क राष्ट्रमा रहेका, सार्क राष्ट्रको विशेष महत्त्वपूर्ण जिम्मेवारीमा रहेको नाताले सरकारले शान्ति स्थापना गर्नको लागि आफ्नो कूटनीतिक प्रयास चालोस्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति