नेभिगेशन
राजनीति

माओवादी केन्द्रको मध्य–पहाडी लोकमार्ग जागरण अभियानको तालिका सार्बजनिक

काठमाडौं - नेकपा माओवादी केन्द्रले आगामी जेठ महिनादेखि सञ्चालन गर्न लागेको मध्य–पहाडी लोकमार्ग केन्द्रीत जागरण अभियानको कार्यतालिका सार्वजनिक गरेको छ ।

कार्यतालिकाअनुसार आगामी जेठ १ गते बेलुका डडेलधुरामा २ गते बैतडीको पाटनमा जनसभा र डोटीको दिपायलमा जनसंवाद कार्यक्रम राखिएको छ ।


त्यसैगरी, जेठको ३ गते अछामको मङ्गलसेनमा जनसंवाद, ४ गते दैलेखको सदरमुकाम दुल्लुमा र ५ गते, जाजरकोट खलङ्गा जनसंवाद कार्यक्रम तय भएको छ । ६ गते पश्चिम रुकुमको चौरजहारी जनसभा र मुसिकोट जनसंवाद, ७ गते पूर्वी रुकुमको रुकुमकोट जनसंवाद र रोल्पाको थबाङमा जनसभा, ८ गते बागलुङ जनसंवाद, ९ गते पर्वत कुस्मा जनसंवाद र १० गते कास्कीको पोखरामा जनसभा तय भएको हो ।


माओवादी केन्द्रले यसअघि एक महिने लामो हुलाकी राजमार्ग केन्द्रित तराई–मधेस जागरण अभियान सञ्चालन गरेको थियो । सो क्रममा करोडभन्दा बढी जनतासँग प्रत्यक्ष संवाद गरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दाबि गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति