नेभिगेशन
खेलकुद

सिद्धान्त लोहनीलाई क्यानले ५ लाख सहयोग गर्ने

काठमाडौं -क्रिकेट खेलाडी सिद्धान्त लोहनीलाई नेपाल क्रिकेट संघले ५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।

क्यानका प्रवक्ता छुम्बी लामाले विज्ञप्ति जारी गर्दै लोहनीलाई उपचारका लागि ५ लाख रकम उपलब्ध गराउने निर्णय भएको जानकारी गराएका छन् ।

कुनै समय नेपालका लागि खेल्ने सम्भावना बोकेका सिद्धान्त अहिले चोटका कारण पीडामा छन् ।

उनी भारतको गुरुगाउँस्थित एक अस्पतालमा अहिले उपचारमा छन् । केही समयअघि घुँडाको शल्यक्रिया गराएपछि अहिले उनी थेरापी गरिरहेका छन् ।

सिद्धान्तले सन् २०१५ जुलाई १८ मा आईसीसी टी२० विश्वकप छनोट अन्तर्गत जर्सीविरुद्ध खेल्दै नेपालको सिनियर टिममा डेब्यु गरेका थिए ।

उक्त खेलमा उनले १६ बल खेल्दै २ चौका र २ छक्काको मदतमा २७ रन बनाएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद