नेभिगेशन
विश्व

जम्मू–काश्मिरमा भएको आतङ्कवादी हमलामा नेपाली सुदीप न्यौपानेसहित २७ को हत्या

भारतीय मिडियाका अनुसार धर्म सोधी–सोधी आतङ्कवादीले गोली दागेका थिए

काठमाडौं– जम्मू काश्मिर पर्यटकीय स्थल पहलगाममा भएको आतङ्कवादी हमलामा एक नेपालीसहित २७ जनाको मृत्यु भएको छ।

आतङ्कवादी हमलामा विदेशीसहित भारतका आन्तरिक पर्यटकको मृत्यु भएको त्यहाँको सरकारले जनाएको छ।

सो आक्रमणमा नेपालका सुदीप न्यौपानेको मृत्यु भएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करमा उल्लेख गरिएको छ। उनी नेपालका कुन ठाउँका हुन् भन्ने खुलाइएको छैन। 

मंगलबार दिउँसो ३ बजे बैसरन उपत्यका क्षेत्रमा भएको हमलामा उनीहरूको मृत्यु भएको हो। घटनामा अन्य धेरै जना घाइते भएका छन्। आक्रमणको जिम्मा लश्कर–ए–तैयबा समूहले लिएको छ।

पहलगाम आक्रमणमा मृत्यु हुनेमा धेरै पर्यटकहरु रहेका छन्। विदेशी पर्यटकहरु नेपालका एकजना र युएईका एक जना रहेका जनाइएको छ। साथै मृत्यु हुने आन्तरिक पर्यटकहरू भारतको  उत्तर प्रदेश, गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाका रहेका छन्। घटनामा दुई स्थानीयको पनि मृत्यु भएको छ। 

आक्रमणको खबर पाउनेबित्तिकै साउदी अरेबियाको दुई दिने भ्रमणमा रहेका प्रधानमन्त्री मोदी आफ्नो भ्रमण बीचमै छोडेर भारत फर्कदैछन्। उनले बुधबार बिहान दिल्लीमा उच्चस्तरीय बैठक गर्नेछन्। अमेरिका, इरान, रुस, इटाली, युएई र अन्य देशहरूले पहलगाम आक्रमणको निन्दा गरेका छन्।  

भारतीय मिडिया आजतकका अनुसार आतंकवादीले धर्म सोधी सोधी हत्या गरेका थिए। हिन्दू धर्मवालम्बीलाई छानेर हत्या गरिएको दाबी गरिएको छ।

मृत्यु हुनेमा मनुज नाथ (कर्नाटक), शिवम मोगा (कर्नाटक), लेफ्टिनेंट विंजय नरवाल (हरियाणा), हिमांशी नरवाल (हरियाणा), शुभम द्विवेदी (यूपी), दिलीप देसले (महाराष्ट्र), अतुल मोहने (महाराष्ट्र), अतुल मोहने (अतुल मोहने) (अतुल मोहने) (अतुल मोहने) (अनन्त) शाहन (अनन्त)। दिनेश मिरानिया (छत्तीसगढ), मनिष रञ्जन (हैदराबाद), सञ्जय लेले, हिम्मत कलाथी, प्रशान्त कुमार, रामचन्द्रन, शालिंदर कल्पिया रहेका छन्।

आक्रमणमा घाइते हुनेहरुमा विनो भट्ट (गुजरात), एस बालचन्द्रु (महाराष्ट्र), अभिजवन राव (कर्नाटक), सन्त्रु (तमिलनाडु), सहसी कुमारी (ओरिसा), डा परमेश्वर , माणिक पाटिल, रिनो पाण्डे रहेका छन्।

यो आक्रमणलाई २०१९ मा पुलवामा भएको आक्रमण पछि जम्मू कश्मीरमा भएको सबैभन्दा ठूलो आक्रमण मानिएको छ। सो समयमा ४० जना सीआरपीएफ जवानको मृत्यु भएको  थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व