नेभिगेशन
समाज विविध

यसकारण रास्वपा उपसभापति स्वर्णिम वाग्लेले अदालतको मानाहानी गरेको ठहर्छ

काठमाडौं– रास्वपा सभापति रवि लामिछानेलाई पूर्पक्षका लागि थुनामा राख्न शुक्रबार उच्च अदालत रुपन्देही (बुटवल)ले गरेको आदेशविरुद्ध त्यस दलका उपसभापति स्वर्णिम वाग्लेले बयानबाजी गरेका छन्।

रास्वपाले शनिबार चितवनदेखि सुरु गरेको ‘जनयात्रा’लाई सम्बोधनका क्रममा मानाहानी हुनेगरी बयानबाजी गरेका हुन्। उनले अदालतले ‘सेटिङ’का आधारमा आदेश सुनाएको दाबी गरेका थिए। 

यो स्वतन्त्र न्यायपालिकाविरुद्धको अभिव्यक्ति थियो। सभापति लामिछानेलाई थुनामा राख्ने आदेशपछि आवेगमा रास्वपाको सभामा वाग्लेको अभिव्यक्ति ‘मानाहानी’ ठहर हुन सक्छ। 

यसअघि लामिछानेलाई पहिलो पटक पक्राउ गर्दा जिल्ला अदालत कास्कीमा नारा जुलुस गर्दा पनि मानाहानी गरिएको अभियोगमा मुद्दा दर्ता भएको थियो। 

अदालतको मानहानी भन्नाले अदालतको प्रतिष्ठा, सम्मान, वा न्यायिक प्रक्रियाको मर्यादा प्रतिकूल असर पार्ने कुनै पनि कार्य, व्यवहार, वा अभिव्यक्तिलाई जनाइन्छ। यसलाई अंग्रेजीमा ‘कन्टेम्प्ट अफ कोर्ट’ भनिन्छ।

अदालतको कार्यसम्पादन भइरहेको बेलामा सोही ठाउँमा गरिने अवाञ्छित व्यवहार पनि यस अन्तर्गत पर्दछ।

न्यायाधीशलाई गाली गर्नु, अदालतमा हुल्लड गर्नु, वा अदालतको आदेश पालना नगर्नुलाई पनि मानिन्छ। वाग्लेले सभामा दिएको अभिव्यक्ति न्यायाधीशप्रति लक्षित थियो।

अदालतबाहिर गरिने त्यस्ता कार्य वा अभिव्यक्ति जसले न्याय प्रक्रियामा बाधा गरेको र अदालतको छविमा आँच ल्याएको अर्थमा बुझिन्छ।

मिडियामा अदालतको निर्णयको अपमानजनक टिप्पणी गर्नु, झूठो तथ्य फैलाउनु, वा अदालतको आदेशको उल्लंघन गर्नु पनि हुन्छ। वाग्लेको सोही विषयअन्तर्गतको अभिव्यक्ति आएको थियो।

न्याय प्रणालीको मर्यादा कायम राख्न अदालतको मानहानीलाई कानूनी रूपमा गम्भीर अपराध मानिन्छ। यदि कसैले यस्तो काम गर्छ भने अदालतले उसलाई जरिवाना, कैद, वा दुवै सजाय दिन सक्ने अधिकार राख्छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

केदारनाथ धामको ढोका आजदेखि खुल्ने