नेभिगेशन
समाज विविध

सिन्धुपाल्चोकका ३ ठाउँमा पहिरो, अरनिको राजमार्ग पूर्णरुपमा बन्द

काठमाडौं । सिन्धुपाल्चोकमा पहिरो र बाढीका कारण अरनिको राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

सोमबार रातिको वर्षाका कारण भोटेकोशी गाउँपालिकाका तीन ठाउँमा पहिरो जाँदा राजमार्ग पूर्ण रुपमा बन्द भएको प्रहरीले जनाएको छ ।

गाउँपालिकाको वडानम्बर २ को कोदारी, ३ को लार्चा र २ कै कोप्लाङमा पहिरो गएको छ । खोलाहरूमा बाढी आएको छ । पहिरो पन्छाउने काम जारी रहेकोले राजमार्ग पूर्ण रुपमै बन्द भएको छ ।


सडक बन्द भएपछि यात्रु मर्कामा परेका छन् । सवारीसाधन सडकमै लाइन लागेका छन् ।


सोमबारदेखि आएको वर्षाका कारण देशका अन्य मुख्य सडकहरु पनि अवरुद्ध भएका छन् । ललितपुरस्थित कान्तिलोकपथ, पूर्वपश्चिम राजमार्गअन्तर्गत बिनयी खोला र गुल्मीस्थित कालिगण्डकी करिडोर पनि अवरुद्ध भएको छ ।


धनकुटाको रवि राके भेडेटार सडक र जुम्लाको जुम्ला-मुगु सडक एकतर्फीमात्रै सञ्चालनमा आएका छन् ।


सडक विभागका अनुसार सबैतिरका सडक खुलाउने प्रयास जारी छ ।

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध