नेभिगेशन
समाज विविध

धरान उपमहानगरपालिकाका उपमेयरमाथि हर्क साम्पाङले कुटपिटको योजना बनाए, उपमेयर बेघाको बयान

काठमाडौं– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कार्यकक्षमा बैठकमा बोलाएर घेराबन्दी गरी कुटपिटको योजना बनाएको उपमेयर अईन्द्रविक्रम बेघाले बताएका छन्।

श्रमदानका नाममा अनुचित हिसाबले उपमहानगरको रकम खर्च गर्न खोजेको विषयलाई सतहमा ल्याउँदै उपमेयर बेघाले त्यसको खोजीनीति गर्दा मेयर साम्पाङले हुलहुज्जत गर्ने प्रयास गरेको भन्दै आपत्ति जनाएका छन्। 

यस विषयमा उनी फेसबुक लाइभमा समेत आएर सत्य बताउन खोजिरहेका थिए। 

खासगरी उपमेयर बेघाले धरान १६ को विषयलाई उठान गरेका छन्। 

निकासा रोकेको विषयमा मेयर साम्पाङ र उपमेयर बेघा बिचमा केहि समय यता विवाद भएको थियो। 

साम्पाङले धरान १६ मा निर्माणाधीन बहुभाषिक पाठशालालाई संरक्षण गर्न श्रमदानको रकम अनुगमन गरी रकम निकासा गर्न कर्मचारीसहित आफूलाई दबाब दिएको बेघाले बताए।

विवाद भए पनि बजेटको सीमा निर्धारण समितिको बैठकमा मेयर साम्पाङलाई निमन्त्रण गर्दा पनि उनी आएका थिएनन्। 

उपभोक्ता समिति बनेको सरोकारवालाहरूलाई थाहा हुनुपर्छ। मेयर साम्पाङले बहुभाषिक पाठशाला संरक्षणका लागि बनाएको उपभोक्ता समितिमा अन्य वडाबाट मानिसहरू ल्याएर कसैलाई थाहा नदिई समिति बनाएको वडा नम्बर १६ का वडा अध्यक्ष मुरारी भट्टराईले बताए।

जयवीरुको जोडी कसरी पुग्यो पानी बाराबारको अवस्थामा
स्थानीय तहको निर्वाचनमा हर्क साम्पाङ मेयरमा निर्वाचित हुँदा उपमेयरमा जित निकालेका अईन्द्र बेघाको सुरुको जोडी जय र बीरुको जस्तो थियो। सोले फिल्मको जय बीरुको जोडी अहिले पानी बाराबारको अवस्थामा पुगेको हो। 

धरानको विकासका निम्ति तत्कालिन पुष्पकमल दाहाल प्रचण्ड सरकारको थप बजेटका सन्दर्भमा हर्क साम्पाङलाई माओवादी नेतृत्वसँग नजिक लग्ने काम अइन्द्रले गरेका थिए। 

यहाँसम्मकी साम्पाङको श्रमदानको कार्यक्रममा प्रचण्ड पुगेर ढुङ्गा बोके भने उनलाई लोकतन्त्रको सुन्दर फूल भनिदिए। त्यसको नेपथ्यको सबै तयारी अइन्द्रले गरेका थिए। 

तर जब लन्डन जाने बेला भयो साम्पाङले बेघालाई कार्यबाहक मेयरको जिम्मेवारी नदिई वडाध्यक्षलाई सुम्पिए। अनि त्यहाँबाट यो जोडीमा चिसोपन सुरु भयो। 

कार्यपालिका बैठकमा त भनाभन भएको थियो तर यो विवाद यो तहसम्म आउने कसैले पनि सोचेको थिएन।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध