नेभिगेशन
समाज विविध

गेष्ट हाउस खोलेर बालिकालाई यौन धन्दामा लगाएका थिए, प्रहरीले समात्यो

काठमाडौं– गेष्ट हाउस खोलेर बालिकालाई यौन धन्दामा लगाउने एक जनालाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ।

गोरखाको पालुङटार नगरपालिका–६ घर भएका शम्भुलाल मल्ललाई प्रहरीले समातेको हो। 

पक्राउ परेका मल्लले काठमाडौंको बालाजुमा पञ्चेश्वर महाकाली गेष्ट हाउस एण्ड रेष्टुरेन्ट सञ्चालन गर्दै आएका थिए।

यौन पेसामा लगाइएका दुई बालिकालाई उनको होटलबाट उद्धारसमेत गरिएको ब्युरोका प्रवक्ता एसपी नरेन्द्र कुँवरले बताए।

पक्राउ परेका मल्लविरुद्ध मानव बेचबिखन तथा ओसोर पसारको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

आज देशभरको मौसम कस्तो रहला ?

FLASH NEWS : कक्षा १२ को परीक्षा स्थगित