नेभिगेशन
मनोरञ्जन

गौरी मल्ललाई मातृ शोक

काठमाडौँ- अभिनेत्री गौरी मल्ललाई मातृशोक परेको छ।

उनकी ८८ वर्षीया आमा हेमकुमारी मल्लको बिहिबार दिउँसो उपचारको क्रममा गंगालाल अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनलाई मुटुमा समस्या थियो।

हेमकुमारीको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा अन्त्येष्टिको लागि लगिएको छ। उनको आज नै दाहसंस्कार गरिने कलाकार संघका अध्यक्ष मोहन निरौलाले बताए। अभिनेत्री गौरी हेमकुमारीकी जेठी सन्तान हुन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन

ज्याकलिनसँग शिखर धवनको गीत आउदै