नेभिगेशन
खेलकुद

स्टेभन स्मिथद्वारा एकदिवसिय क्रिकेटबाट सन्यास

काठमाडौ - च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा भारतसँग पराजित भएसँगै अष्ट्रेलियाका कप्तान स्टेभन स्मिथले एकदिवसिय क्रिकेटबाट सन्यास लिएका छन्।

मंगलबार भएको खेलमा स्मिथको कप्तानीमा रहेको अष्ट्रेलिया भारतसँग पराजित भएको थियो। 

टिमका नियमित कप्तान पाट कुमिंग्स फिट नभएपछि उनले कप्तानी सम्हालेका थिए। 

स्मिथ आधुनिक क्रिकेटमा सफल ब्याट्सम्यानमध्ये एक हुन्। यद्यपी उनको एकदिवसीय खेलको रेकर्ड भने मध्यम छ। १७० वटा एकदिवसीय खेल खेलेका उनले ४३.३ को औसतमा पाँच हजार आठ सय रन बनाए। 

उनको टेष्ट खेलको औसत भने ५६.७ रहेको छ । ११६ वटा टेष्ट खेलेका उनले १० हजार २७१ रन बनाएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद

नेपाल र हङकङबीचको खेल रद्द