नेभिगेशन
खेलकुद

टी-२० विश्वकप छनोटबाट बाहिरियो स्कटल्याण्ड

काठमाडौँ- स्कटल्यान्ड सन् २०२६ मा हुने आइसिसी टी-२० विश्वकप क्रिकेटमा छनोट हुन असफल भएको छ । टी-२० विश्वकपको युरोप छनोटअन्तर्गत आफ्नो अन्तिम खेलमा जर्सीसँग एक विकेटले पराजित हुँदै स्कटल्याण्ड छनोट चरणबाट बाहिरिएको हो ।

छनोटमा स्कटल्याण्डले एक खेलमा मात्रै जित निकाल्यो । आइसीसीको टी-२० वरियतामा स्कटल्याण्ड १३औँ स्थानमा छ । स्कटल्याण्डलाई हराएको जर्सी २७औँ स्थानमा छ ।

युरोप छनोटको शीर्ष दुई रहने टोली विश्वकपमा छनोट हुनेछन् । एक खेल खेल्न बाँकी रहेको इटाली ५ अंकसहित शीर्ष स्थानमा छ । सबै खेल खेलिसकेको जर्सी ५ अंकसहित दोस्रो स्थानमा छ ।

एक खेल खेल्न बाँकी नेदरल्याण्ड्स ४ अंकसहित तेस्रो स्थानमा छ । यी तीन टोलीमध्ये दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् । एक टोली छनोट चरणबाट बाहिरिनेछ । इटाली र नेदरल्याण्ड्सबीचको अन्तिम खेलले टुंगो लाग्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद