नेभिगेशन
खेलकुद

लेवानडोस्कीको गोलमा बार्सिलोना विजयी

काठमाडौँ - स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले डिपोर्टिभो आल्भेजलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले आल्भेजलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा खेलको ६१औं मिनेटमा रोबेर्ट लेवानडोस्कीले गरेको गोलनै खेलको निर्णायक गोल भएको थियो ।

यो जितपछि बार्सिलोनाको २२ खेलमा ४५ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ । बार्सिलोना शिर्ष स्थानमा रहेको रियल म्याड्रिडभन्दा ४ अंकले पछाडी रहेको छ ।

त्यस्तै आल्भेजको भने २२ खेलमा २१ अंक रहेको छ र लिगमा १८औ स्थानमा रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद

आज नेपालले श्रीलंकासँग खेल्दै