नेभिगेशन
खेलकुद

भारतले जित्यो महिला यू-१९ टी-२० विश्वकपको उपाधि

काठमाडौँ - भारतले महिला यू-१९ टी-२० विश्वकपको उपाधि जितेको छ । मलेसियाको क्वालालम्पुरमा खेलिएको फाइनल खेलमा दक्षिण अफ्रिकालाई हराउँदै भारत च्याम्पियन बनेको हो । 

दक्षिण अफ्रिकाले दिएको केवल ८३ रनको लक्ष्य पछाएको भारतीय टिमले ११.२ ओभरमा मात्र एक विकेट गुमाउँदै यो लक्ष्य हासिल गरेको थियो । यस अघि पहिला ब्याटिंग गर्दै दक्षिण अफ्रिकाले २० ओभरमा अल आउट हुदै ८२ रन मात्र बनाएको थियो । 

यस विश्वकपमा नेपाल समुह चरणबाट पराजित भएको थियो । समुह चरणमा पराजित भएको नेपालले प्लेअफमा आयोजक मलेसियालाई पराजित गर्दै १४औं स्थान हासिल गरेको थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद

आज नेपालले श्रीलंकासँग खेल्दै