नेभिगेशन
खेलकुद

नेपालले थाइल्याण्डलाई दियो १०२ रनको लक्ष्य

काठमाडौ- महिला त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालले थाइल्याण्डलाई १०२ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले पूरै २० ओभर खेलेर ९ विकेटको क्षतिमा १०१ रन बनाएको हो ।

नेपालका लागि कविता कुँवरले २५ रन बनाउँदा विन्दु रावलले पनि २५ रन नै जोडिन् ।

कप्तान इन्दु बर्माले १५ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

थाइल्याण्डका लागि थिपाचा पुत्थावोङले तीन तथा फनिता माया र नत्तया बुछाथामले २–२ र चनिदा सुतेरुआङले एक विकेट लिइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद

आज नेपालले श्रीलंकासँग खेल्दै